• Krishidootnepal@gmail.com
  • +977-1-4795756, 9851106603

कृषि दुत हुनेले के पाउँछन ?

  • कृषि दुतहरुले आफनो व्यवसायको द्धिगो विकासको लागि अत्यावश्यक व्यावसायिक परामर्श, कर्जा तथा लगानी सहजिकरणको सुविधा पाउनेछन् ।
  • आफनो व्यवसायको स्तरबृद्धिका लागि नविनतम प्रविधिको प्रयोगमा पहुँच बृद्धि हुनेछ ।
  • आफनो व्यवसायसँग सम्बन्धित विभिन्न किसिमका तालिमहरुमा सहभागी हुने अवसर पाउँनेछन ।
  • कृषि दुतहरुको आफनो व्यवसायका साथै आफनो क्षेत्रमा रहेका अन्य साना कृषक तथा कृषि उद्यमीहरुको दिगो विकासलागि व्यावसायिकरुपमा नेतृत्व गर्ने अवसर पाउनेछन ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफनो लगायत आफनो व्यवसायको पहिचान बृद्धि गर्ने अवसर पाउनेछन् ।
  • स्थानीय / प्रादेशिक तथा राष्ट्रिय संजालमा सामेल भई आफनो व्यवसायको प्रबद्र्धन गर्न पाउनेछन् ।
  • कृषि  क्षेत्रको राष्ट्रिय सम्मेलनमा सहभागि  भई राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने अवसर पाउनेछन् ।

 

    

 

कृषि  दुतको जिम्मेवारी

  • कृषि दुतले आफनो व्यवसायको द्धिगो विकास र विस्तार गरि आफनो क्षेत्रमा अन्य कृषकहरुलार्ई समेत व्यवसाय विकासको लागि अभिप्रेरित गर्ने छन ।
  • श्रमको लागत घटाउने नविनतम प्रविधिको प्रयोग, प्रसारमा अन्य कृषकहरुलाई पनि अभिप्रेरित गर्नेछन् ।
  • आफूले सिकेको सीप र कौशलतालाई अरु कृषकहरुमाझ पुर्याउन काम गर्नेछन् ।
  • अन्य कृषकहरुको आवश्यक्ता हेरिकन उनीहरुलाई व्यवसाय साक्षरता र वित्तिय पँहुच पुर्याउन समन्वयकारी भूमिका खेल्नेछन ।
  • कृषकहरु माझ किसान क्रेडिट कार्ड प्राप्त गर्ने विधि, प्रयोग र फाईदा बारे बुझाई सबै कृषकहर माझ वित्तिय पँहुच पुर्याउने गरि काम गर्नेछन ।
  • आफनो क्षेत्रमा रहेको कृषिको नीतिगत समस्याहरु समाधनार्थ पालिका स्तरमा व्यवसायिक कृषकहरुको व्यावसायिक संजालको विकास गरि नेतृत्व गर्नेछन् ।
  • कृषि दुतले वजार विस्तारका संभाहकहरुको विकास गर्ने छन साथै कृषिदुतहरु आफै र अन्य कृषकहरुलाई वजार संजाल मा आबद्ध गर्ने छन।
  • कृषि दुतहरुले मुल्य श्रृङखलाका पात्रहरु , सरकारी, गैर सरकारी र निजि क्षेत्र बिच  नियमित समन्वय सहकार्य गर्ने छन। 

 

  कृषि दुत हुनको लागि न्यूनतम आवश्यक्ता

  • व्यवसाय दर्ता भइ कम्तिमा ३ बर्ष देखि उत्पादन क्षेत्रको काम गर्दै गरेको व्यक्ति हुनु पर्ने छ।
  • समग्र कृषि क्षेत्रको व्यवसाय विकास विस्तारमा रुचि राख्ने ।
  • जिम्मेवार सामाजिक परिचालक संगै उत्कृष्ट सहजकर्ता
  • कृषक उद्यमि बिच समन्वय र सहकार्य गर्दै कृषि व्यवसाय विकासको लागि वकालत गर्न सक्ने अगुवा कृषक